Home  
Janahit Voice

कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

४ भाद्र २०८०, सोमबार

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन् । प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफू अचानक बिरामी भएकाेले प्रदेशसभाकाे बैठक संचालन गर्न असमर्थ रहेकाे जानकारी दिएपछि कोशी प्रदेशसभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गर्ने भएका छन् ।

उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेशसभा बैठक बस्ने भएको हो ।

उपसभामुख दनुवारले पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर काठमाडौं गएकी हुन् ।कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए । प्रमुख सचेतक राईका अनुसार अध्यक्षता गर्ने मन्सुरीले समेत गठबन्धनका पक्षमा मतदान गर्नसक्ने बताएका छन्। मन्सुरीको मतसहित आफूहरूले प्रदेशसभामा बहुमत सिद्ध गर्ने राईले दाबी गरेका छन्।

उपसभामुख दनुवार काठमाडौं लागेसँगै प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । दिउँसो संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने समय टरेको बताएका थिए । तर, पुनः गठबन्धनको बैठकले विश्वासको मत लिने जनाएको हो ।

पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम रहन्छ । तर, उनले आजै विश्वासको मत लिन लागेका हुन् । बहुमत जुटाउनका लागि सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरीले पनि मतदान गर्नसक्ने बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *