Home  
Janahit Voice

नवलपुरको घ्युखोलामा बस पल्टिँदा २९ जना घाइते

५ भाद्र २०८०, मंगलवार

त्रिवेणी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा सुपप्र ०१–००१ख २९८६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाइ रहेको छ। बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *