Home  
Janahit Voice

लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि प्रयोग गर्दै : बालेन शाह

५ भाद्र २०८०, मंगलवार

काठमाडौँ – काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाहले जानकारी दिएका छन् ।

शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिदै यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन् ।

औषधिले डेंगीसहित,फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ।

उनले डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा गरिएको तथा अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *