Home  
Janahit Voice

आज प्रधानन्यायाधीश विश्वम्भरप्रसादले शपथ लिदै

५ भाद्र २०८०, मंगलवार

काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।

संवैधानिक परिषद्ले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण २० साउनमा अवकासमा गएपछि बरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामयमुकायमको जिम्मेवारी पाएका थिए।

उनको भदौ ४ गते सोमबार संसदीय सुनुवाइ भएको थियो । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिमा प्रधानन्यायाधीशमा अनुमोदित भएपछि सोमबार नै संवैधानिक परिषद्ले सो को जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि राष्ट्रपतिबाट सोमबार साँझ नै श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *