Home  
Janahit Voice

आज पनि स्थगित भयो प्रतिनिधि सभा बैठक

५ भाद्र २०८०, मंगलवार

काठमाडौँ – प्रतिनिधिसभा बैठक भोलि भदौ ६गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको बताइएको छ ।

संसदअघि शीर्ष तहको बैठक बसेर सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहे । जसका कारण आजको शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित हुन पुग्यो ।

लगत्तै संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना निकालेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *