Home  
Janahit Voice

भोलि साँझ चन्द्रमाको सतहमा भारतको चन्द्रयान -३ अवतरण हुदैं

५ भाद्र २०८०, मंगलवार

चन्द्रयान -३ को भोलि २३ अगस्टको साझमा हुने सफल अवतरणका लागि भारतियहरु पूजा,पाठ, हवनका साथ प्राथना गरिरहेको समाचारहरु आइ रहेको छ। भारतलाइ पाकिस्तानी जनताहरु बाट पनि सफलताको लागि बधाइको ओइरो लागेको बताइएको छ।

भारतिय अंतरिक्ष अनुसन्धान संगठन (ISRO) चन्द्रयान -३ को चन्द्रमाको सतहमा हुने अवतरणलाइ लिएर ससंकित भने अवश्य छ। भारतिय अंतरिक्ष अनुसन्धान संगठन (ISRO) बाट २०१९ प्रशिक्षण गरिएको चन्द्रयान -२ चन्द्रमाको सतह छुनु पुर्ब नै दुर्घटनाग्रस्त भएको थियो। यो पटक चन्द्रयान -३ मिशन सफल भएर छाड्ने कुरामा भारतिय अंतरिक्ष अनुसन्धान संगठन (ISRO) वैज्ञानिकहरु आशाबादी पनि छन।

चन्द्रयान -२ असफल भए लगतै चन्द्रयान ३ मिशन शुरु गरिएको थियो। चन्द्रयान -३, २०२३ मा प्रक्षेपण गर्ने योजना ISRO को थियो तर कोभिडको महामारीले जुलाइ १४,२०२३ मा बल्ल प्रक्षेपण हुने मौँका जुरेको थियो। जुलाइ १४, २०२३ मा प्रक्षेपण गरिएको चन्द्रयान -३ ले भोली अगष्ट २३ मा साझ ६:०४ भारतिय समय अनुसार चन्द्रमाको सतहमा अवतरण गर्दै छ।

रुसको मुन मिशन लुना -२५ रुसको पहिलो ४७ बर्षमा पहिलो मुन मिशन थियो जसले २१ अगष्ट योजना अनुसार चन्द्रमाको सतहमा अवतरण गर्नु पूर्व नै दुर्घटनाग्रस्त भयो।

भारतिय अंतरिक्ष संगठन (ISRO) को एक रिपोर्ट अनुसार २००९ मा प्रदर्शित हलिउड सिनेमा अवतारको निर्माण लागत १९६० करोड भारतिय मुद्रा थियो भने चन्द्रयान -३ को लागत अवतार को लागत भन्दा एक तिहाइ भन्दा पनि कम ६१५ करोड भरतिय मुद्रा मात्र हो ।

चन्द्रयान -३ को बिक्रम ल्याण्डरले चन्द्रमा यात्राको पलपलको फोटो भिडियो सम्प्रेषित गरिरहेका छन। चन्द्रयान -३ ले चन्द्रमाको सतहमा सफल अबतरण गरेमा भारतले मुन मिशनमा नया इतिहास रच्ने छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *