Home  
Janahit Voice

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

६ भाद्र २०८०, बुधबार

काठमाण्डौं-आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न तीन बजे उक्त बैठक बोलाइएको छ।

साउन १० देखि कार्यसूचीमा अघि बढ्न नसकेको संसद आजदेखि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै लगातार संसद अवरूद्ध गरेपछि सोमबार राति छानबिन समिति बनाउन सरकार तयार भएको थियो।

उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए। तर सर्वदलीय बैठकबाट यो निर्णय पारित नभएका कारण हिजो बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो।

प्रतिनिधि सभाको आजको सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेलगायतको कार्यसूची आजको बैठकको छ।

संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकोले पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ । साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *