Home  
Janahit Voice

त्रिशुली नदीमा खस्यो यात्रुबाहक बस

६ भाद्र २०८०, बुधबार

काठमाडौं – काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुली नदीमा खसेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १०:४० बजे यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।

बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकीरहेको प्रहरीले जनाएको छ।। घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली पुगेको छ। स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *