Home  
Janahit Voice

सुन तस्करी छानबिनका लागि असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने सहमति

६ भाद्र २०८०, बुधबार

सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणको अनुसन्धान गर्न असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन हुने भएको छ।

सिआइबीले अनुसन्धान सकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन शीर्ष दलहरू सहमति भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएपछि जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो। २ बुँदे सहमतिमा ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्।

साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६१ किलोभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त तस्करी प्रकरणको छानबिन माग गर्दै साउन १० यता संसद्का दुवै सदनमा एमालेले अवरोध जारी राखेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *