Home  
Janahit Voice

महोत्तरीमा क्याम्पस बसको ठक्कर बाट एक जनाको मृत्यु

७ भाद्र २०८०, बिहीबार

जनकपुरधाम – महोत्तरीको जलेश्वर नगरपालिका– ९ प्रकौली चोकमा दामोदर एकेडेमी गेटअगाडि मिट क्याम्पस जनकपुरको बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

ज.८प ९२६७ नम्बरको मोटरसाइकलमा प्रकौलीबाट जनकपुरतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको बा.२क १५३६ नम्बरको बसले ठक्कर दिँदा प्रकौलीनिवासी ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको हो।

घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र बनाइएको छ ।

हुलाकी सडकको जलेश्वर–जनकपुर खण्डमा काम नहुँदासमेत सडक अवरुद्ध गर्दा दुर्घटना भएको भन्दै स्थानीयले अहिले सडक जाम गरेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *