Home  
Janahit Voice

संसदीय समितिका सभापतिको निर्वाचन सोमबार हुने

७ भाद्र २०८०, बिहीबार

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिको सभापतिको निर्वाचन सोमबार हुने भएको छ। यही भदौ ११ सोमबार निर्वाचनमार्फत् संसदीय सभापति चयन गर्ने निर्णय गरिएको हो।

बिहीबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले ११ भदौमा १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

संसदीय समिति गठन भएपनि हालसम्म सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ। प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्वसहित २ वटा संयुक्त समिति रहेका छन्।

सभामुख देवराज घिमिरेले सहमतिबाटै नेतृत्व चयनका लागि पटक-पटक दलहरूलाई आग्रह गर्दै आएका थिए। निर्वाचनका लागि आजै सूचना प्रकाशित हुनेछ।

प्रमुख दलहरुबीच नेपाली कांग्रेसले ४ वटा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १/१ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *