Home  
Janahit Voice

बाढीले सिन्धुपालचोक मेलम्ची–हेलम्बु सडक अवरुद्ध

८ भाद्र २०८०, शुक्रबार

सिन्धुपाल्चोक- लगातार परेको वर्षाले मेलम्ची नदीमा बाढी आएको कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।

हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण सडक खुल्न सकेको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको त्यहाका स्थानीय हरुले बताएका छन। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या भएको बताइएको छ।

निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाकाले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *