Home  
Janahit Voice

महिला टी–२० सिरिज : आज नेपाल र मलेसिया प्रतिष्पर्धा गर्दै

८ भाद्र २०८०, शुक्रबार

मलेसियामा चलिरहेको महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिक पुगेको छ । मंगलवार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *