Home  
Janahit Voice

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

८ भाद्र २०८०, शुक्रबार

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेकोमा विरोध गरेका छन् ।

आन्दोलित विद्यार्थीहरुले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् । शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा आन्दोलन गरेका हुन् ।

डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने उनिहरुको माग रहेको छ। प्रर्दशनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी थिए । यी विद्यार्थी संगठनले यसअघि पनि छुट्टाछुट्टै रूपमा शुल्क वृद्धिको विरोध गर्दै खारेजीको माग राख्दै आएका छन् ।

इन्जिनियरिङ डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको जनाएको छ । ३ लाख १८ हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पुर्‍याइएको डिन कार्यालयले जनाएको छ ।

अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागू हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *