Home  
Janahit Voice

बाँकेमा पौडी खेल्दा डुबेर दुईजनाको मृत्यु

१० भाद्र २०८०, आईतवार

काठमाण्डौं- पौडी खेल्दा खोला र पोखरीमा डुवेर बाँकेमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका– ४ गिजराका २१ वर्षीय किरण बर्मा र सुरेश सार्की रहेका छन।

किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

उनि साथीहरूसँग खोलामा नुहाउन जादा बर्मा नालामा बेपत्ता भएका थिए। उनलाई झन्डै १५ मिनेटपछि साथीहरूले पानीबाट निकालेकाे प्रहरीले जनाएको छ।

यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ। बैजनाथ गाउँपालिका– ३ एलबी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको डिएसपी डाँगीले बताए।

उनीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएका छन। उनिहरुको खोजिकार्य भइरहेको र दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *