Home  
Janahit Voice

नीजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनको नेतृत्वमा अमृत खड्काको दाबेदारी

१० भाद्र २०८०, आईतवार

काठमाण्डौं- नीजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनको काठमाडौँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । भाद्र २७ गते हुने अधिवेशनका लागि नेतृत्वका आकांक्षीहरुले आफुलाई अब्बल साबित गर्न कम्मर कसेर लागि परेका छन् ।

जिल्लाको नेतृत्व कसले गर्ने भन्ने चर्चाकै बिच नेशनल प्याब्सनको गरिमा र सांगठनिक कार्यलाई थप सुदृढ र सशक्त ढंगले अघि बढाउने उद्धेश्य सहित विगत १५ वर्षदेखि काठमाडौँ जिल्लाको विभिन्न जिम्मेवारीमा रहि संगठनले दिएको भूमिका र जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न सफल अमृत खड्काले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

लामो समय जिल्ला समितिमा रहेर काम गर्दै गर्दा हाल सचिवको रुपमा २ कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका खड्काले मौजुदा समितिमा कार्यअवधि र साङ्गठानिक निरन्तरता सँगै जिम्मेवारीका हिसाबले मर्यादाक्रममा पनि आफुँ अगाडि रहेकोले नेतृत्वकोे लागि अघि बढेको उहाँले बताउनुभएको छ ।

संगठनले दिएको जिम्मेवारीलाई इमान्दारीका साथ पुरा गरी संगठनको मर्म र भावना अनुरुप विद्यालय- विद्यालय पुगी सुख दुःखमा सँगै रहेर काम गर्दै आएको दावि गर्ने खड्काले अबका दिनमा पनि स्कुल स्कुलमा नेशनल प्याबसन कार्यक्रम मार्फत सदस्य विद्यालयको वृत्ति विकासमा हातेमालो गर्ने बताउनुभएको छ ।

खड्काले सदस्य विद्यालयमा भएको लगानी सुरक्षा गर्न नीजि लगानी शैक्षिक विमा कार्यक्रम सञ्चालन गर्न र अपनत्व ग्रहण गर्न, नीजि क्षेत्रले शैक्षिक गुणस्तरमा पुर्याएको योगदानलाई संस्थागत गर्न, स्थानीय समितिहरुलाई थप मजबुत बनाउँदै सामुहिक रुपमा काम गर्दै नेतृत्व विकासका लागि आफुलाई नेतृत्वमा पुर्‍याउन अनुरोध गर्नुभएको छ ।

साथै उहाँले आफुले नेतृत्व पाएको खण्डमा सञ्चालक, शिक्षक कर्मचारी, विद्यार्थी र अभिभावकहरुमा समय सापेक्ष व्यवस्थापकीय र शैक्षिक तालिम एवं अभिमुखीकरण कार्यक्रम संस्थागत रुपमा सञ्चालन गर्न, परीक्षालाई थप व्यवस्थित र सुदृढ बनाउन, आर्थिक एवं शैक्षिक गतिविधिहरु चुस्त दुरुस्त ढंगले अघि बढाउन, कार्यालय र संगठन भित्रका सबै गतिविधिलाई प्रविधिमैत्री बनाइ सेवा प्रवाह गर्न महत्वपूर्ण कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *