ललितपुर महानगरपालिकामा समानान्तर पार्किङ सुरु
ललितपुर- आजदेखि ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ सुरु गरेको छ । ललितपुर महानगर प्रहरीका अनुसार जाम हट्ने उदेश्यका साथ आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको बताएका छन।
महानगरका अनुसार यसअघि सवारीलाई सडकमा छड्के पारेर राख्ने गरिएको थियो । जसले गर्दा बाटोको आधा भाग डाक्दै आइरहेको थियो । हाछेथुले छड्केरुपमा गाडी पार्किङ गर्दा सडकको करिब २८ फिटसम्म ढाक्ने गरेको बताए । तर, आजदेखि समानान्तर (सिधारुपमा) पार्किङ सुरु गरेपछि जाम हट्ने महानगरको भनाइ छ ।
कुमारीपाटी स्कुल कलेजको हब समेत हो । यस्तै, ललितपुरको ठुला बजारहरूको सूचीमा कुमारीपाटी समेत पर्छ । लगनखेल जाने प्रमुख नाका समेत भएकाले यस स्थानमा धेरै जाम हुने गरेको छ । यही जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित महानगर प्रमुख चिरिबाबु महर्जनले समानान्तर पार्किङ सुरु गरेका हुन् । उनले स्थानीय बासिन्दा र व्यापारीको समन्वयमा समानान्तर पार्किङ सुरु गरेका हुन् ।
अस्तव्यस्त पार्किङ व्यवस्थाले सडक अव्यवस्थित बन्दा सडकमा सवारी दुर्घटना समेत हुने गरेकोले जावलाखेलदेखि पाटनढोका जाने क्षेत्रसम्म पार्किङ व्यवस्थित बनाउने ललितपुर महानगरको भनाइ छ।