Home  
Janahit Voice

मट्टीतेल छर्केर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

११ भाद्र २०८०, सोमबार

धनगढी- दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँद रहेकी छिन

आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले बताएको छ।

घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी साउँदको ८० प्रतिशत शरीर जलिसकेको थियो।

प्रहरीका अनुसार घरमा श्रीमान् श्रीमती बस्ने गरेकोमा श्रीमान् बजारतिर गएका बेला उनले आगो लगाएकी थिइन् ।

उनले किन आत्महत्याको प्रयास गरिन भन्ने कारण खुल्ल्न सकेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *