Home  
Janahit Voice

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु

११ भाद्र २०८०, सोमबार

तेह्रथुममा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सबिन लिम्बु रहेका छन।

सदरमुकाम म्याङलुङ नगरपालिका–१० मा आइतबार साँझ १४ प ८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

म्याङलुङबाट जिरीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा घाइते भएका चालक को उपचारको क्रममा जिल्ला अस्पताल म्याङलुङमा मृत्यु भएको र पछाडि सवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी तेह्रथुमले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *