Home  
Janahit Voice

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

१२ भाद्र २०८०, मंगलवार

काठमाडौं- आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ ।

हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन्

आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ।

संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ ।

समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।

त्यस्तै आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *