Home  
Janahit Voice

कञ्चनपुरमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु

१२ भाद्र २०८०, मंगलवार

कञ्चनपुर- गए राति कञ्चनपुरमा डेङ्गु सङ्क्रमण बाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्री रहेका छन।

जानकारीमा आएअनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।भारतबाट एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *