Home  
Janahit Voice

निजी कारबाट २० किलो चाँदीसहित दुईजना पक्राउ

१२ भाद्र २०८०, मंगलवार

सिन्धुली- अवैध रूपमा ल्याइएको २० किलो चाँदीसहित दुईजना पक्राउ परेका छन्।

चाँदीसहित पक्राउ पर्नेमा चालक मोरङ जिल्ला विराटनगर महानगरपालिका– ५ का २५ वर्षीय रोहितकुमार यादव र सप्तरी जिल्ला राजविराज नगरपालिका– ८ स्थायी ठेगना भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका– ४ बस्ने ३७ वर्षीय सेचन मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५–च १०६९ नम्बरको निजी कारबाट उक्त परिणाममा चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

गएराति ३ बजेको समयमा प्रहरीको नियमित चेकजाँचको क्रममा जिल्लाको गोलञ्जोर गाउँपालिका– ५ खनियाँखर्कमा रहेको गढी प्रहरी चौकीबाट खटिएको प्रहरी उक्त चाँदी बरामद गरेको हो।

कार चेकजाँचको क्रममा गाडीको पछाडिकाे सिटमुनि लुकाइछिपाई ल्याएको तारवटा प्लास्टिकको पोकाहरूमा चाँदी फेला परेको र चाँदी तौल गर्दा २० किलोग्राम देखिएको प्रहरीले बताएको छ।

चेकजाँच गर्दा चाँदी फेला परेपछि उनीहरूसँग बिल माग गर्दा बिल नभएपछि अवैध नै भएको ठहर गर्दै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

उक्त चाँदीको बजारमूल्य २४ लाख ६१ हजार सात सय ६० रुपैयाँबराबरको रहेको छ। थप अनुसान्धानका लागि आन्तरिक राजस्व कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *