Home  
Janahit Voice

पाल्पामा गुडिरहेको जिपमा ढुंगा खस्दा तीनजनाको मृत्यु,आठ जना घाइते

१३ भाद्र २०८०, बुधबार

पाल्पा- बुधबार बिहान पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ भने पहिरोमा पुरिएर भएका छन।

पहिरोले पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृतकहरूको पहिचान खुल्न सकेको छैन । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको जिपमा पुरिएर घाइते भएका आठ जनालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाएका छन् ।

गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा सुख्खा पहिरोमा जिप पुरिएको हो । यही स्थानमा सडक डिभिजन पाल्पाले रातिको समयमा १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नतिको काम गर्दै आएको छ । दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *