Home  
Janahit Voice

६० किलो सुन तस्करी प्रकरण अनुसन्धान गर्न एसएसपी आचार्य हङकङ गए

१३ भाद्र २०८०, बुधबार

काठमाण्डौं- सीआईबीका एसएसपी दिनेश आचार्य ६० किलो सुन तस्करीको अनुसन्धानका लागि हङकङ गएका छन् ।

प्रहरीको अन्तर्राष्ट्रिय संगठनका इन्टरपोलसँगको समन्वयमा उनी मंगलबार राति हङकङ गएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।

तस्करीबारे थप कुरा बुझ्न उनी हङकङ गएका हुन् । सुन तस्करी प्रकरणको अनुसन्धानलाई सीआईबी थप तीव्रता दिएको छ । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले धनकुटाका एसपी कृष्ण कोइरालालाई समेत काठमाडौं बोलाएको छ ।

विशेष ब्यूरोको डीआईजी रामदत्त जीशीलाई पनि सुन तस्करीको अनुसन्धानमा समन्वयका लागि खटाइएको छ ।

गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *