Home  
Janahit Voice

स्याङ्जामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु

१३ भाद्र २०८०, बुधबार

काठमाडौँ- स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ का २८ वर्षीय किचनास श्रेष्ठ रहेका छन् ।

उनलाई अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेको थियो ।

उक्त घटना पछि उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

भदौ १२ गते साँझ अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल रहेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *