Home  
Janahit Voice

बैतडीमा सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

१३ भाद्र २०८०, बुधबार

विषालु सर्पले डस्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका– १ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकी छिन

भान्सामा खाना बनाइरहेकी घटाललाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीले जनाएको छ। सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो।

‘सर्पले टोकेलगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्न लाग्नुभएछ,’हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनुपर्दैन्थ्यो होला।’प्रहरी बताउछन।

यसअघि साउन अन्तिम साता पञ्चेश्वर– ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको र गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर– २ डाँगा टोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो।

जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुने भए पनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरू अकालमै ज्यान गुमाउन बाध्य भएको प्रहरेको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *