Home  
Janahit Voice

टी-२० महिला विश्वकप छनोट: मलेशिया विरुद्ध नेपाल पाँच रनले विजयी

१४ भाद्र २०८०, बिहीबार

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ।

बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पार्‍यो ।

मलेशियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो।

८५ रनको विजयी लक्ष्य पछ्याएको मलेशिया निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाएर ७९ रनमै समेटिएको थियो।

नेपालका लागि ब्याटिङतर्फ सीता राना मगरले अविजित ३८ रन बनाइन्। यस्तै, अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन्। अन्य खेलाडीले भने उल्लेख्य रन बनाउन सकेनन्।

बलिङतर्फ मलेशियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नूरले एक/एक विकेट लिए।

मलेशियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाए।

बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई/दुई तथा कप्तान रुविना क्षेत्री र अश्मिना कर्माचार्यले एक/एक विकेट लिए। नेपालले अब शुक्रबार दोस्रो खेल बहराइन विरुद्ध खेल्नेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेशिया, बहराइन, भूटान, कतार र यूएई छन्।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी ट्वेन्टी क्वालिफायर खेल्न पाउने छन्।

८५ रनको विजयी लक्ष्य पछ्याएको मलेशिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमै समेटिएपछि नेपाल विजयी भएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *