Home  
Janahit Voice

काठमाडौंका यी सडकमा बिहीबार र शुक्रबार सवारीसाधन प्रवेश निषेध

१४ भाद्र २०८०, बिहीबार

काठमाडौँ- आज र भोलि काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको छ।

एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल, चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक, गोफल, ब्रम्हटोल, बन्डे, ह्युमत जैशिदेवल,कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

त्यस्तै टॅगल – न्ह्यखा – बाङ्गेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *