Home  
Janahit Voice

जुम्लाका माओवादीले आफ्ना कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाउने

१५ भाद्र २०८०, शुक्रबार

वीरेन्द्रनगर- जुम्लामा नेकपा माओवादीले आफ्ना कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको छ। जुम्लामा ३ महिने पार्टी रुपान्तरण अभियानको सुरुमा माओवादी पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम ‘घर घरमा माओवादी जनजनमा माओवादी’ भन्ने नारासहित ३ महिने पार्टी रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाटमा पार्टी अध्यक्ष विरवहादुर कुँवरले माओवादी पार्टीलाई एक भिन्न अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रुपमा प्रस्तुत गर्न उक्त निर्णय गरिएको बताएका छन।
उनले सो अभियान पूरा गर्न मदिरा, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार, कमिशन नगर्न र नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको बताए। ३ महिने अभियानलाई गौरवशाली, प्रभावशाली र ऐतिहासिक रुपमा सम्पन्न गर्न पार्टी सत्ता र सम्पूर्ण जवस मोर्चालाई एकीकृत रुपमा परिचालित गर्ने जानकारी दिए।

‘उनले भने,’३ महिने अभियानलाई सफल पार्न केन्द्रले तोकिएअनुसार जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिका नवराज न्यौपाने, सिंजा गाउँपालिका प्रभात चलाउने, हिमा गाउँपालिका गोविन्द तिमिल्सिना, तिला गाउँपालिका झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिका विरबहादुर रावत, गुठिचौर गाउँपालिका रत्न गाह, पातारासी गाउँपालिका डा.कलबहादुर रोकाया र चन्दननाथ नगरपालिका विर्खबहादुर थापा खटाइएको छ।’अभियानको अवधिमा सरकारको जनपक्षीय शुसासन र समृद्धिको कार्यलाई व्यापक जनताको घरदैलोमा पुर्‍याइने, अभियानलाई ३ चरणमा पहिलो चरण वडामा केन्द्रित गर्ने, दोस्रो चरण पालिकामा केन्द्रित गर्ने र तेस्रो चरणमा जिल्ला स्तरमा सम्पूर्ण गतिविधि केन्द्रित गर्ने निर्णय गरिएकोछ।’

अभियानलाई प्रभावकारी र जनपरिचालन गर्न विभिन्न गतिविधि खेल, कला, सास्कृतिक प्रर्दशनी आयोजना र घुम्ति शिविर स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरिने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *