Home  
Janahit Voice

पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १३ जना घाइते एक जनाको मृत्यु

१७ भाद्र २०८०, आईतवार

काठमाडौं- काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १३ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल-१ का २१ वर्षीय राज भट्टराई रहेका छन।

आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।

त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।

दुर्घटनामा घाइतेहरूमध्ये ५ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *