Home  
Janahit Voice

चट्याङ लागेर बाजुरामा बालिकाको मृत्यु

१७ भाद्र २०८०, आईतवार

धनगढी- शनिबार राति बाजुराको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।

स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको हो।

चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेको बताइएको छ। तुले रावल बडिमालिका नगरपालिका पूर्व नगरप्रमुख हुन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *