Home  
Janahit Voice

वालेनको उग्र स्टाटस र सामाजिक सञ्जाल

१७ भाद्र २०८०, आईतवार

काठमाण्डौं- अहिलेको सामाजिक सञ्जालहरु कसैन कतै बाट पराचलित रहेका छन भन्ने कुरा सर्वसाधरणले बुझि सकेका छन। अनलाइन न्युज पोर्टलहरु समेत कुनै न कुनै राजनितिक पार्टीका मुखपत्र नै हुन भन्ने कुरा अवगत नै छ।

स्थानिय राजनितिक पार्टी स्वतत्र स्थापित हुन खोजेका जनप्रतिनिधि पात्रहरुलाइ नङ्याउने क्रममा काठमाण्डौंका मेयर साह कहिले अछुतो रहेनन ।

सत्य र खोजमुलक समाचार सम्पेषण गर्नु नै पत्रकारीता हो नत्र तेसलाइ पत्रुकारीता भनिन्छ। अव कुरा गरौ वालेनको उग्र स्टाटसको – गहिरो छानबिन गर्न समेत भ्याएका अनलाइनहरुले बालेनलाइ पुत्रि लाभ भन्ने पत्ता लगाए तर पुत्रि मेडीसिटी हस्पिटलमा अस्वस्थ रहेको तथ्य किन उजागर गरेनन त ?

पीडामा छन् बालेन दम्पति, जन्मिएका दुई सन्तानमध्ये एकको निधन, अर्की छोरी आईसीयूमा, सविना पनि बिरामी !

१२ भाइ मिडिया

१२ भाई मिडिया वालेनको विरुद्ध लागि परेको भनेर आक्रोश पोख्ने थुप्रै फेसबुक स्टाटस वालेनको सपोर्टमा धमाधम पोष्ट भईरहेको छ। एक फेसबुक युजरले पोष्ट गरेका छन-

“आपतकालिन परिस्थितिमा कानुन मिचेर पनि मान्छेको ज्यान बचाउनु पर्छ। नियम कानुन नागरिकलाई सहज र सरल होस भनेर बनाइएको हो । मान्छे मर्नै लागेको छ भने कानुन पालना गर्ने कि ज्यान बचाउन तिर लाग्ने? मेयर बालेन एउटा मेयर मात्र होइनन, उनी यो देशका नागरिक पनि हुन् । यदि यस्तै कार्य अन्य नागरिक माथी भएको भए अहिले सम्म चोर प्रहरी मुर्दावाद भन्दै सडकमा प्रहरी बिरुद्द नारा लाग्थे होलान् तर यहाँ मेयर को परिवार भएकोले १२ भाइ मिडिया समेत हात धोएर बालेनको बिरुद्द खन्निएका छ्न! अरु सरकार बादी कार्यकर्ता त खन्निने नै भए। सबै बिरोधीले सबै लेख्न भ्याए, नियम कानुनका पाठ पढाउन भ्याए, जो आफ्नो जिवनमा अनैतिकताको थुप्रो बोकेर हिडेका छ्न, तिनीहरुले समेत नैतिकता सिकाए बालेनलाइ! तर यी सबै बिरोधका स्वरहरुबिच एउटा दबेको सत्य कसैले उजागर गर्न सकेनन् कि प्रसब पिडाले छट्पटिएकी श्रीमतीलाइ बाटोमा अनावश्यक केरकार गरेकोले बालेन आक्रोसित भए भनेर। आज बालेनको श्रीमतीको ठाउमा ती बिरोध गर्नेहरुका श्रीमती थिए भने उनिहरुले पनि यस्तै आक्रोश ब्यक्त गर्थे। तर मान्छेले अरुलाइ पर्दा मात्र ताली बजाउछ, आफुलाइ त्यो ठाउँमा राखेर हेर्दै हेर्दैन! भेडो मान्छे !”

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *