Home  
Janahit Voice

NPABSON जिल्ला कमिटीको आयोजनामा उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता भाद्र १८ गते

१७ भाद्र २०८०, आईतवार

काठमाण्डौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाको आयोजनामा उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

पाँचौ संस्करणको प्रतियोगिता आउँदो भाद्र १८ गते सोमबार नेपाल प्रज्ञा भवन कमलादीमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विद्यार्थीहरुको सर्वाङ्गिण विकास, विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा एनप्याब्सन काठमाडौँका सदस्य टंक बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा लोक, संस्कृति, कला साथै नृत्य विशेषज्ञहरु गरी पाँच जना रहनेछन् । एनप्याब्सनका सचिव अमृत खड्काले प्रतियोगिताको निश्पक्ष निर्णयका लागि डिजिटल प्रविधिबाट अंक दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रतियोगितामा उपत्यकाका ७५ वटा विद्यलयको सहभागिता रहनेछ ।

त्यस्तै प्रतियोगितामा प्रथमद दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार सहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट भेषभुषा, नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *