Home  
Janahit Voice

दुई महिनापछि आज बागमती प्रदेश सभाको बैठक बस्दै

१८ भाद्र २०८०, सोमबार

हेटौंडा- आजबाट दुई महिनापछि बागमती प्रदेश सभाको बैठक बस्दै छ।

गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा बैठक भदौ १८ गते सोमबारका लागि बोलाइएको हो ।

प्रदेश सभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तय गरिने प्रदेश सभा सचिवालयका सूचना अधिकारीले बताएका छन।सोमबारको बैठकमा संसदीय समितिका सभापति चयनको विषयले पनि प्रवेश पाउने सम्भावना छ।

बागमती सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले यसअघि प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता भइसकेको र अब सदन सुचारु भएपछि थप दुईवटा विधेयक दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन। । बागमतीले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने तयारी गरेको हो।

यसअघि विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *