Home  
Janahit Voice

वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावाको मृत्यु

१८ भाद्र २०८०, सोमबार

काठमाडौँ- काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दावा दोर्जे शेर्पा रहेका छन।

काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बताएको छ। मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्यानका चालक बारा घर भई काठमाडौँको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *