Home  
Janahit Voice

एकदिवसीय क्रिकेटमा पूरा गरे कुशलले हजार रन

१८ भाद्र २०८०, सोमबार

काठमाडौं- एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन्।

एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रन पार गरेका हुन्।

भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए। उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन्।

कुशल भुर्तेल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडीसमेत बनेका छन्।

यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *