Home  
Janahit Voice

लमजुङबाट सुन चोरी अभियोगमा एक युवती पक्राउ

१९ भाद्र २०८०, मंगलवार

सुन चोरी अभियोगमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिकाकी वर्ष २६ की सुजा घिमिरे रहेकी छिन। उनलाइ आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत वैशाख २५ गते बेंसीसहर नगरपालिका ८, क्याम्पस रोड र साउन ३० गते सोही वडाको न्यू एरा बोर्डिङ स्कुल नजिकैबाट करिब २३ तोला बराबरको सुनका विभिन्न गरगहनाहरु चोरी भएको उजुरी परेको थियो । उजुरी परेपछि प्रहरीले जिल्लामा चोरीका घटनाहरु बढ्दै गएको भन्दै चोरी कार्यमा संलग्न व्यक्तिहरुको कडाइका साथ खोजि गरिरहेको थियो।

पक्राउ परेकी घिमिरेको साथबाट प्रहरीले रानीहार थान–१, सुनको वाला थान २, सुनको रातो पत्थर जडित औंठी थान २, सुनको औठी थान २, सुनको सिक्री थान १, सुनको मिनीहार थान १, सुनको टप थान ४,सुनको पत्थर जडित टप थान २, सुनको गणेशको मुर्ती लकेट थान १, सुनको झुम्का थान २ बरामद गरेको जनाएको छ ।

पक्राउ परेकी घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई निज उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *