Home  
Janahit Voice

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

१९ भाद्र २०८०, मंगलवार

काठमाडौं- सताको तेस्रो दिन (आज) मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सोमबार भने ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *