Home  
Janahit Voice

नेकपा एसका उपमहासचिव खतिवडाको आमाको निधन

१९ भाद्र २०८०, मंगलवार

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उनकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। मालतीका एक छोरा र तीन छोरी रहेका छन्।

उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *