Home  
Janahit Voice

ललिता जग्गा प्रकरण : आज मीनबहानुर गुरुङसहितका प्रतिवादीको थुनछेक बहस जारी

१९ भाद्र २०८०, मंगलवार

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका प्रतिवादीको थुनछेक बहस जारी रहेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजालसमा गत आईतबारदेखि सुनुवाइ भइरहेको छ ।

आजदेखि प्रतिवादीतर्फका अधिवक्ताहरुले बहस गरिरहेका छन् । थुनछेक बहस सकिन अझै केही दिन लाग्ने बताइएको छ । ललिता निवास प्रकरणमा तीन सय १२ जनाविरुद्ध मुद्दा दायर भएको भएपनि अहिले १८ जना प्रहरी हिरासतमा रहेका छन् ।

सो प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *