Home  
Janahit Voice

६० किलो सुन प्रकरणमा सिआइबीले लियो पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग बयान

१९ भाद्र २०८०, मंगलवार

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ।

सिआइबी कार्यालयमा बोलाएर सोमबार दिउँसो उनीसँग बयान लिएको उच्च स्रोतले जनाएको छ।

प्रहरीले ६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ।

प्रहरीले दावा छिरिङसँगको संवाद, उनी पुगेका ठाउँहरू पत्ता लगाइसकेको छ। दिपेश पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव पनि हुन्।

यसअघि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको पनि ६० किलो सुन प्रकरणमा संलग्नता रहेको सिआइबीको अनुसन्धानमा देखिएको छ।

गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।१९ दिनपछि यसको अनुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *