Home  
Janahit Voice

आज दिउँसो राष्ट्रपति पौडेल कृष्ण मन्दिर जाने

२० भाद्र २०८०, बुधबार

काठमाडौं- श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेल पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।

पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।

आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *