Home  
Janahit Voice

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपियो सर्वसाधारणको लागि खुल्यो।

१९ चैत्र २०७९, आईतवार

जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपियो सर्वसाधारणको लागि आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुल्ला भएको छ। कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपियो निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपियो निष्कासन गरेको हो। कम्पनिले जारी पुँजिको ३० प्रतिशत अर्थात २२ करोड ८० लाख रुँपिया वरावरको आइपियो निष्कासन गरेकोहो।

प्रतिकित्ता १०० अंकित मुल्याका दरले २२ लाख ८० जहार कित्ता कम्पनिले साधारण सेयर निष्कासन गरेको हो। जसमध्य कम्पनीले ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामुहिक लगानिकोष र २ प्रतिशत अर्थात ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारिका लागि छुट्याइएको छ।

कम्पनीले बाँकि रहेको १३ लाख ३६ हजार ३०२ कित्ता सेयर भने सर्वसाधारणको लागि वितरण गरेको हो उक्त आइपियोमा न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० जजार कित्ता का लागि आबेदन दिन सकिने छ। कम्पनिले चैत २२ गतेसम्म आइपियोमा आवेदन दिनु पर्नेछ भने उक्त समयमा माग बमोजीम आबेदन नपरेमा बिक्री अबधि २०८० वैशाख ३ गते सम्म लम्बिने छ।

केयर रेटिङ नेपालले कम्पनिलाइ केयर एनपी डबल बी इस्युनर रेटिङ प्रदान गरेको छ। यसले कम्पनिको दायित्वो पुरा गर्ने क्षेमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनिको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट लगानिकर्ताले अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुवाट सी-आस्वा प्रणालि मार्फत आवेदन दिन सकिनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *