Home  
Janahit Voice

हेटौंडाका डाक्टर जबरजस्ती करणीको आरोपमा पक्राउ

२० भाद्र २०८०, बुधबार

मकवानपुर- हेटौंडाका एक अस्पताल संचालक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक डाक्टर बसिम राई रहेका छन।

काठमाडौँ बूढानिलकण्ठ नगरपालिका-१० घरभई हाल हेटौंडा–१ स्वर्गलोक बस्दै आएका अस्पतालका संचालक ३६ वर्षीय डा. राईलाई जबरजस्ती करणीको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

डा.राईले आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई जबरजस्ती कारणी गरेका थिए । प्रहरीले राईलाई पक्राउ गरी मंगलबार नै जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद समेत थप गरेको छ । डा. राईलाई हिरासत राखी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *