Home  
Janahit Voice

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार

२० भाद्र २०८०, बुधबार

काठमाण्डौं- कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।

खुकुरी प्रहारबाट यादव घाइते भएका छन्। यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको छ।उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *