Home  
Janahit Voice

आज प्रतिनिधि सभा बैठक बस्दै,४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

२१ भाद्र २०८०, बिहीबार

आज प्रतिनिधि सभा बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ।

आजको बैठकमा ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।

संसद् सचिवालयका अनुसार आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेश गर्ने पनि कार्यसूची छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *