Home  
Janahit Voice

कांग्रेस नेता रिजालको निधन,श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा १ बजेसम्म राखिने

२१ भाद्र २०८०, बिहीबार

काठमाण्डौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजालको निधन भएको छ।

रिजाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष पनि थिए।
रिजालको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि रिजाललाई गत भदौ १७ गते अस्पताल लगिएको थियो।

दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)भएका उनि पाँच दिनदेखि अस्पताल भर्ना भएका थिए। उनलाई डेंगीको संक्रमणसमेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।

ग्रान्डीमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ।

रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिने भएको छ।

सभागृहमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *