Home  
Janahit Voice

मौसम पूर्वानुमान: पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

१९ चैत्र २०७९, आईतवार

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बिभिन्न पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि रहने छ। आँज दिउँसो कोशी प्रदेश लगायतका अन्य पहाडी भू-भागमा आंशिक देखि समान्य बदलि रहि समान्य बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिइएको छ।

पहाडी भू-भागमा आज राती आंशिक बदली रही बाँकी भू-भागमा मौसम समान्यतया सफा रहने र गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा केहि स्थानमा चट्याङ र मेघगर्जन सहित बर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आइतबार दिउसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशिप्रदेश लगायत देशका पहाडी भू-भागमा थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित बर्षाको सम्भावना रहेको छ। राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहीत क्षणिक पानी पर्ने सम्भावना छ।
सोमबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेश तथा पहाडी भू-भागका थोरै स्थानमा र बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

राती भने सुदुरपश्चिम तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा मौसम समान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी परदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहीत हल्का वर्षाको सम्भावना छ।
मंगलबार दिउँसो सुदुरपश्चिम परदेश तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती भने पहाडी भू-भागमा आंशिक देखी समान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागमा भने केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *