Home  
Janahit Voice

ग्यास सिलिन्डर पड्किँएर घरमा आगलागीहुँदा लाखौंको छेती

२१ भाद्र २०८०, बिहीबार

सुनसरी- बिहीबार बिहान सुनसरीको धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

आफ्ना-आफन्तहरु भेला भएर दर खाने तयारीगरिरहेको बेला अचानक ग्यास सिलिन्डर पड्किँदा घरमा आगलागी भएको बताइएको छ। जानकारीमा आएअनुसार आगलागी बिहान करिब ९ः ४५ बजे भएको थियो ।

आगलागी भएपछि तत्काल धरानका तीनवटा दमकल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि एकसाथ तीनवटै दमकल प्रयोग गर्न नसक्दा आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।

आगो लागी भएको उक्त गरमा दराजमा राखेको गरगहना, नगद, र अन्य महत्त्वपूर्ण सामानसहित लाखौंको धनमाल नष्ट भएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *