Home  
Janahit Voice

काठमाडौं महानगरमा भोलिशोक बिदा

२१ भाद्र २०८०, बिहीबार

काठमाडौं- काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरपालिका र अन्तरगतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।

उवडा अध्यक्ष रिजालको आज बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको अस्पतालले बताएको थियो।

वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो। रिजाललाई डेंगीसमेत लागेको थियो।

नेपाली कांग्रेसको तर्फबाट दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *